२०८२ माघ ११ गते आइतवार
काठमाडौं । राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राप्रपा) की प्रदेश सांसद सन्तोषी शाहीले राष्ट्रिय सभा चुनाव बहिष्कार गरेकी छिन् । आइतबार बिहान वीरेन्द्रनगरस्थित मतदान स्थलमा पुगेकी शाही मतदान नै नगरेर फर्किइन् ।
शाही राप्रपाबाट समानुपातिक प्रदेश सभा सांसद हुन् । उनले पार्टीको सर्कुलेशन अनुसार आफूले राष्ट्रिय सभामा मतदान नगरेको बताइन् ।
समयमै मतदान स्थल पुगेकी शाहीले अन्य प्रदेश सभा सदस्यहरू र नेताहरूसँग भेटघाट गरेकी थिइन् ।
४० जना कर्णाली प्रदेश सभा सदस्यमध्ये राष्ट्रिय सभाका लागि ३९ जनाले मात्रै मतदान गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij