Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

मन्त्रीविरूद्ध प्रदर्शन गर्ने विद्यार्थीहरू रिहा

मन्त्रीविरूद्ध प्रदर्शन गर्ने विद्यार्थीहरू रिहा


  • 792
    Shares

    मन्त्रीविरूद्ध प्रदर्शन गर्ने विद्यार्थीहरू रिहा
    images

    काठमाडौं । त्रिभुवन विश्वविद्यालयको ६७ औँ वार्षिक दिवस कार्यक्रम स्थलबाहिर नियन्त्रणमा लिइएका २३ जना विद्यार्थीलाई प्रहरीले छोडेको छ । बिहीबार उनीहरूलाई मुचुल्का बनाएर छोडिएको हो । 

    सहकुलपति समेत रहेका शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलविरुद्ध प्रदर्शन गर्ने क्रममा २३ जना विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको थियो। 

    पक्राउ पर्नेहरूमा त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस स्ववियु उपसभापति सनम वली, त्रिवि स्ववियु सचिव हिक्मतकुमार बुढा, शंकरदेव क्याम्पसका अखिल संयोजक दिनेश रेग्मी, कुलबहादुर बुढा, डम्बरसिङ ऐरी, प्रकाश सन्जेल लगायत रहेका थिए । 

    यसैबिच त्रिवि केन्द्रीय क्याम्पस स्ववियूले त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्याम्पस कीर्तिपुरको स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियु० ले विश्वविद्यालयको वार्षिक दिवसको अवसरमा आयोजित कार्यक्रमस्थलमा प्रवेश गर्न रोक लगाउँदै आफ्ना पदाधिकारी तथा विद्यार्थीहरूलाई पक्राउ गरिएको घटनाप्रति आपत्ति जनाएको छ ।

    स्ववियु अध्यक्ष दिपक राज जोशीले आफ्नै विश्वविद्यालयको कार्यक्रममा विद्यार्थी प्रतिनिधिलाई प्रवेश गर्न नदिनु लोकतान्त्रिक मूल्य–मान्यता, अभिव्यक्ति स्वतन्त्रता र विद्यार्थी सहभागितामाथिको प्रत्यक्ष हस्तक्षेप भएको बताए । 

     

    प्रकाशित मिति :श्रावण ७ २०८३ बिहिवार - १६:४०:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij