Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

‘नेपो बेबी मुर्दावाद’ भन्दै शिक्षामन्त्रीविरुद्ध प्रदर्शन, पाँच युवा पक्राउ (तस्बिरहरु)

‘नेपो बेबी मुर्दावाद’ भन्दै शिक्षामन्त्रीविरुद्ध प्रदर्शन, पाँच युवा पक्राउ (तस्बिरहरु)


  • 2.9K
    Shares

    ‘नेपो बेबी मुर्दावाद’ भन्दै शिक्षामन्त्रीविरुद्ध प्रदर्शन, पाँच युवा पक्राउ (तस्बिरहरु)
    images

    काठमाडौं । त्रिभुवन विश्वविद्यालयको ६७औँ वार्षिक दिवस समारोहका क्रममा शिक्षामन्त्री सस्मित पोख्रेलविरुद्ध युवाहरूले विरोध प्रदर्शन गरेका छन्।

    शिक्षामन्त्री कार्यक्रममा सहभागी हुन पुगेका बेला कार्यक्रमस्थल बाहिर भेला भएका युवाहरूले ‘नेपो बेबी मुर्दावाद’ लगायतका नारा लगाउँदै प्रदर्शन गरेका थिए। प्रदर्शनका क्रममा प्रहरीले पाँच जना युवालाई नियन्त्रणमा लिएको छ।

    प्रदर्शनकारीहरूले विश्वविद्यालयमा योग्यता को आधारमा नियुक्ति र नेतृत्व चयन गर्नुपर्ने, प्रधानमन्त्री कुलपति र शिक्षामन्त्री सहकुलपति रहने व्यवस्था अन्त्य गर्नुपर्ने तथा उच्च शिक्षामा राजनीतिक हस्तक्षेप रोक्नुपर्ने माग राखेका थिए। उनीहरूले यी माग उल्लेख गरिएका प्लेकार्डसमेत प्रदर्शन गरेका थिए।

    त्रिभुवन विश्वविद्यालयको वार्षिक दिवस समारोह चलिरहँदा बाहिर भएको विरोध प्रदर्शनले विश्वविद्यालयको शासकीय संरचना र उच्च शिक्षामा राजनीतिक प्रभावको विषयलाई पुनः चर्चामा ल्याएको छ। 

     

     

     

    प्रकाशित मिति :श्रावण ७ २०८३ बिहिवार - ११:४७:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij