Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

पत्नीको हत्या गरेर पतिले गरे झुन्डिए आत्माहत्या

पत्नीको हत्या गरेर पतिले गरे झुन्डिए आत्माहत्या


  • 2.2K
    Shares

    पत्नीको हत्या गरेर पतिले गरे झुन्डिए आत्माहत्या
    images

    काठमाडौं । झापाको दमक नगरपालिका–१ सिरपाली चोकमा घरायसी विवादले दुःखद रूप लिँदा दम्पती दुवैको मृत्यु भएको छ।

    बुधबार दिउँसो करिब २ बजेतिर ४२ वर्षीय धनबहादुर दर्जीले खुकुरी प्रहार गरी आफ्नी ४२ वर्षीया पत्नी विजयकुमारी दर्जीको हत्या गरेका छन्। त्यसपछि धनबहादुरले घरकै अर्को कोठामा सिलिङ पंखामा सलको पासो लगाएर झुन्डिएर ज्यान दिएका हुन्।

    जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक रञ्जन अवाका अनुसार दम्पतीबीच घरायसी विषयमा विवाद भएपछि धनबहादुरले विजयकुमारीमाथि खुकुरी प्रहार गरेका थिए। खुकुरी प्रहारबाट विजयकुमारीको टाउको र बाँया हातमा गम्भीर चोट लागेको थियो।

    घटनापछि धनबहादुर घरकै अर्को कोठामा सिलिङ पंखामा सलको पासो लगाएर झुन्डिएको अवस्थामा फेला परेका थिए। बुवा झुन्डिरहेको छोरी प्रियंका दर्जीले देखेपछि पासो काटेर उनलाई तल झारेकी थिइन्।

    घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय दमकबाट प्रहरी निरीक्षक प्रमोद खड्काको नेतृत्वमा टोली घटनास्थल पुगेको थियो। प्रहरीले दुवै जनालाई उद्धार गरी उपचारका लागि दमक अस्पताल पुर्‍याएको भए पनि अपराह्न करिब ३ः३० बजेतिर चिकित्सकले दुवैलाई मृत घोषणा गरेका थिए।

    प्रहरीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी दुवै शव पोस्टमार्टमका लागि दमक अस्पतालमै राखेको जनाएको छ। प्रारम्भिक अनुसन्धानबाट पत्नीमाथि खुकुरी प्रहार गरी हत्या गरेपछि धनबहादुरले झुन्डिएर ज्यान दिएको खुलेको डीएसपी अवाले बताए। घटनाको विस्तृत कारण अनुसन्धानपछि खुल्ने उनले जानकारी दिए।

    प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा दम्पतीबीच विगतदेखि नै बारम्बार घरायसी झगडा हुने गरेको खुलेको छ। घटनाबारे इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतको नेतृत्वमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    प्रकाशित मिति :श्रावण ६ २०८३ बुधवार - १७:४५:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij