Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

६ अर्ब ६ करोड ७८ लाख राजस्व सङ्कलन

६ अर्ब ६ करोड ७८ लाख राजस्व सङ्कलन


  • 1.7K
    Shares

    ६ अर्ब ६ करोड ७८ लाख राजस्व सङ्कलन
    images

    काठमाडौं । बजारमा देखिएको आर्थिक तरलताका बाबजुद आन्तरिक राजस्व कार्यालय जनकपुरधाम, धनुषाले आर्थिक वर्ष २०८२\८३ मा रु छ अर्ब छ करोड ७८ लाख ८८ हजार राजस्व सङ्कलन गरेको छ ।

    आन्तरिक राजस्व कार्यालय जनकपुरधामका प्रमुख आनन्दकुमार गुप्ताका अनुसार विभिन्न अभियानमार्फत पुरानो बक्यौता असुली र बजार अनुगमनलाई तीव्रता दिएपछि लक्ष्यको ८८ दशमलव ४९ प्रतिशत राजस्व सङ्कलन भएको हो । आव २०८२\८३ मा सो कार्यालयले अन्तशुल्कतर्फ रु दुई अर्ब ५५ कारेड सात लाख ३० हजार, आयकरतर्फ रु दुई अर्ब छ करोड ८२ लाख एक हजार र मूल्यअभिवृद्धि करतर्फ रु एक अर्ब २८ करोड ४० लाख ९९ हजार राजस्व सङ्कलन गरेको छ ।

    यस्तै ब्याजकरतर्फ रु सात करोड ७८ लाख तीन हजार, बहालकरतर्फ रु पाँच करोड २५ लाख ३७ हजार, स्वास्थ्य जोखिम करतर्फ रु चार लाख ३१ हजार र अन्यतर्फ तीन करोड ४० लाख ८७ हजार राजस्व सङ्कलन भएको प्रमुख गुप्ताले बताए । 

    कार्यालयले अघिल्लो आव २०८१\८२ मा रु चार अर्ब ८८ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकामा रु चार अर्ब ९० करोड सङ्कलन गरेको थियो । प्रमुख गुप्ताका अनुसार आव २०८२\८३ मा रु छ अर्ब ८५ करोड ७२ लाख ५५ हजार राजस्व सङ्कलन गर्ने वार्षिक लक्ष्य थियो । सो कार्यालयमा व्यक्तिगत र व्यावसायिक लगायत गरी एक लाख ७३ हजार नौ सय ६८ करदाता रहेका छन् ।

    करदाताको घरमा पुग्ने, टेलिफोन र एसएमएसमार्फत ताकेता गर्ने, कर छुटसम्बन्धी सुविधाबारे प्रचारप्रसार गर्नेलगायतका अभियान सञ्चालन गरी करिब रु १० करोडभन्दा बढी पुरानो बक्यौता असुली भएको प्रमुख गुप्ताले बताए । 

     

    प्रकाशित मिति :श्रावण ६ २०८३ बुधवार - १७:१०:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij