Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

रोपाईं गरिरहेका बेला पहिरोले खेत बगायो, ७ जना किसान घाइते, एकको अवस्था गम्भीर

रोपाईं गरिरहेका बेला पहिरोले खेत बगायो, ७ जना किसान घाइते, एकको अवस्था गम्भीर


  • 1.4K
    Shares

    रोपाईं गरिरहेका बेला पहिरोले खेत बगायो, ७ जना  किसान घाइते, एकको अवस्था गम्भीर
    images

    काठमाडौं । नुवाकोट । नुवाकोटको विदुर नगरपालिका–१२ भट्टगाउँमा रोपाईं गरिरहेका बेला पहिरोले खेत बगाउँदा आधा दर्जन किसान घाइते भएका छन् । 

    स्थानीय किसान नोमराज भट्टको खेतमा रोपाईं गरिरहेका बेला सोमबार एक्कासि ठूलो पहिरो गएको हो । घाइतेमध्ये ६५ वर्षीय नारायणप्रसाद भट्टको अवस्था गम्भीर छ । उनलाई करिब ७–८ सय मिटर तल जंगलमा पहिरोको बीचबाट उद्धार गरिएको थियो । 

    भट्टको काठमाडौंको ग्रान्डी अस्पतालमा उपचार भइरहेको छ । सामान्य घाइतेको स्थानीय चारघेर उपस्वास्थ्य चौकीमा उपचार गरिएको छ । माथिबाट पहिरो खसेको देखेपछि काम गरिरहेका किसान भागेकाले धेरैको ज्यान जोगिएको प्रहरीले जनाएको छ । 

    पहिरोले करिब ७ रोपनी खेत पुरै बगाएको नोमराजका छोरा रामशरणले बताए ।

    प्रकाशित मिति :श्रावण ५ २०८३ मंगलवार - १५:५६:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij