२०८३ आश्विन १ गते बिहिवार
काठमाडौँ । सरकारले राष्ट्रसेवक कर्मचारीहरूको मनोबल उच्च बनाउन र महँगीको चापलाई सम्बोधन गर्न तलबमानमा उल्लेख्य वृद्धि गरेको छ । जुन वृद्धि नयाँ आर्थिक वर्ष २०८३/०८४ सुरु भएसँगै कार्यान्वयनमा गएको छ ।
अर्थमन्त्री स्वर्णिम वाग्लेले जेठ १५ मा बजेट भाषण गर्दा कर्मचारीहरूको सुरु तलब स्केलमा १० प्रतिशतले वृद्धि गरिएको जानकारी दिएका थिए । पछिल्लो चार वर्षदेखि कर्मचारीको तलब नबढेको अवस्थालाई मध्यनजर गर्दै हाल कायम रहेको महँगी भत्तालाई समेत निरन्तरता दिई यो नयाँ व्यवस्था लागू गरिएको उनको भनाइ छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij