Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

सरकारी जागिरबाट पेन्सन पाएकाले अब करारमा काम गर्न नपाउने

सरकारी जागिरबाट पेन्सन पाएकाले अब करारमा काम गर्न नपाउने


  • 1.3K
    Shares

    सरकारी जागिरबाट पेन्सन पाएकाले अब करारमा काम गर्न नपाउने
    images

    काठमाडौं ।  सरकारले सरकारी जागिरबाट पेन्सन पकाएका कर्मचारीलाई फेरि करारमा राख्न नपाइने निर्णय गरेको छ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शुक्रबार सबै निकायमा परिपत्र जारी गर्दै कुनै पनि सरकारी सेवाबाट अवकाश प्राप्त गरी उपदान प्राप्त गरिसकेका वा हाल निवृत्तिभरण  पाइरहेका करारका कर्मचारीहरूलाई २०८३ साउन १ गतेदेखि सेवा निरन्तरता नदिने निर्णय भएको उल्लेख गरेको छ ।   

    मन्त्रालयका शाखा अधिकृत सजिव नेपालको हस्ताक्षर गरी कार्यान्वयनका लागि सम्बन्धित सबै निकायमा पठाएको परिपत्रमा पेन्सन पाएर करारमा काम गरिरहेका कर्मचारीहरूलाई धन्यवादसहित बिदाइ गर्ने निर्णय सरकारले गरेको उल्लेख छ ।

    निवृत्तिभरण वा उपदान नपाउने तर हाल करारमा कार्यरत रहेका कर्मचारीहरूलाई अर्को व्यवस्था नभएसम्मका लागि सम्बन्धित निकायमै करार सम्झौता गरी ‘पुल’ मा राखिनेछ । यसको एकीकृत विवरण भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अद्यावधिक गर्ने निर्णय सरकारले गरेको छ ।

    प्रकाशित मिति :श्रावण १ २०८३ शुक्रवार - ११:३०:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij