Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

मिटरब्याज पीडित र सरकारबिच निर्णायक वार्ता

मिटरब्याज पीडित र सरकारबिच निर्णायक वार्ता


  • 1.0K
    Shares

    मिटरब्याज पीडित र सरकारबिच निर्णायक वार्ता
    images

    काठमाडौं । मिटरब्याज पीडित सङ्घर्ष समिति र सरकारबिच निर्णायक वार्ता जारी छ । केही बेरपछि सिंहदरबारमा हुने वार्तामा पीडितका माग सम्बोधनका लागि समझदारी गर्ने तयारी भएको बताइएको छ ।

    वार्तामा  मन्त्रिपरिषद् कार्यालयका सचिव पुष्कर सापकोटासहित गृह, भूमि, अर्थ मन्त्रालयका सहसचिवहरू सहभागी छन् ।  

    मिटरब्याज पीडितका तर्फबाट सङ्घर्ष समितिका किसान मजदुर आन्दोलन नेपालका अध्यक्ष अवधेश कुशवाह, महासचिव मनोज पासवान, प्रवक्ता रिजन राना मगर सचिवालय सदस्यहरू किरण परियार र लक्ष्मी घिमिरे र संयुक्त जनअधिकार नेपालका निर्ग नवीन सहभागी छन् ।

    सरकार र पीडित अगुवाबिच बिहीबार राति पनि वार्ता भएको थियो । असार २५ गते जनकपुरबाट मार्च पाससहित काठमाडौँ हिँडेका मिटरब्याज पीडितलाई सरकारले बाराको निजगढमै रोकेर गृहमन्त्री सुधन गुरुङले वार्ताको सुरुवात गरेका थिए । 

    बिहीबारकै मन्त्रिपरिषद् बैठकले समस्या समाधानका लागि वार्ता टोली गठन गरेको थियो । त्यसपछि सङ्घर्ष समितिका अगुवाहरू बिहीबारै बाराबाट काठमाडौं आएका थिए ।

     

     

    प्रकाशित मिति :श्रावण १ २०८३ शुक्रवार - १०:३२:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij