Logo

२०८३ श्रावण ११ गते सोमवार

२०८३ श्रावण ११ गते सोमवार

सुनचाँदीको मूल्यमा उतारचढाव: सुन बढ्दा चाँदी घट्यो

सुनचाँदीको मूल्यमा उतारचढाव: सुन बढ्दा चाँदी घट्यो


  • 1.2K
    Shares

    • images
    सुनचाँदीको मूल्यमा उतारचढाव: सुन बढ्दा चाँदी घट्यो
    images

    काठमाडौं । साताको पाचौ कारोबारको दिन बिहिबार नेपाली बजारमा सुनको मूल्य बढेको भने चाँदीको मूल्य घटेको छ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले बढेर २ लाख ८५ हजार २ सय रुपैयाँ कायम भएको छ। बुधबार छापावाल सुन प्रतितोला २ लाख ८४ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।

    महासंघका अनुसार आज १० ग्राम सुनको मूल्य २ लाख ४४ हजार ५१५ रुपैयाँ निर्धारण गरिएको छ।

    साथै, चाँदीको मूल्य भने प्रतितोला ९० रुपैयाँले घटेको छ। बुधबार प्रतितोला ४ हजार ४१५ रुपैयाँ रहेको चाँदीको मूल्य आज घटेर ४ हजार ३२५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

    आज १० ग्राम चाँदीको मूल्य ३ हजार ७०८ रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

     

    images
    प्रकाशित मिति :आषाढ ३२ २०८३ बिहिवार - ११:१७:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij