Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

श्रीमान्‌काे कुटपिटबाट श्रीमतीको मृत्यु

श्रीमान्‌काे कुटपिटबाट श्रीमतीको मृत्यु


  • 2.0K
    Shares

    श्रीमान्‌काे  कुटपिटबाट श्रीमतीको मृत्यु
    images

    काठमाडौं । कञ्चनपुरमा श्रीमान्‌को  कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ । घटनापछि श्रीमान्‌लाई प्रहरीले पक्राउ गरेको छ ।

    दोधाराचाँदनी नगरपालिका-१० फगिरे चौराहामा ४५ वर्षीय रनबहादुर सुनारले आफ्नी ४२ वर्षीया श्रीमती पारु सुनारलाई कुटपिट गरेका थिए ।

    कुटपिटमा घाइते भएकी उनको दोधाराचाँदनी अस्पतालमा उपचार गरिएको थियो । बुधबार मात्र अस्पतालबाट डिस्चार्ज भएकी पारुको बिहीबार बिहान  मृत्यु भएको प्रहरीले जनाएको छ ।

    उनको मृत्युपछि श्रीमान् रनबहादुरलाई इलाका प्रहरी कार्यालय दोधाराले पक्राउ गरेको छ । उनलाई नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको हो।    

     

    प्रकाशित मिति :आषाढ ३२ २०८३ बिहिवार - १०:२७:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij