Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

पार्किङमा राखेको ट्याक्टर आफैं गुड्दा बालकको मृत्यु

पार्किङमा राखेको ट्याक्टर आफैं गुड्दा बालकको मृत्यु


  • 1.0K
    Shares

    पार्किङमा राखेको ट्याक्टर आफैं गुड्दा बालकको मृत्यु
    images

    काठमाडौं । प्युठानको नौबहिनी गाउँपालिका-५ दामृमा पार्किङ गरेर राखिएको ट्याक्टर अचानक ब्याक हुँदा एक जना बालकको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।

    प्रहरीका अनुसार भे२त २०१९ नम्बरको ट्याक्टर एक्कासि ब्याक भई करिब ४ सय मिटर तल खसेर दुर्घटना भएको थियो ।

    दुर्घटनामा परी ७ वर्षीय कुण्डन घर्ती गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि जिल्ला अस्पताल बिजुवार लैजाने क्रममा बाटोमै मृत्यु भएको प्युठानका प्रहरी निरीक्षक गणेश ज्ञवालीले जानकारी दिएका छन्।

     ७ वर्षीय पारष बुढा घाइते भएका छन्। उनको जिल्ला अस्पताल बिजुवारमा उपचार भइरहेको प्रहरीले जनाएको छ। पार्किङ गरी राखेको ट्याक्टरमा बालकहरू खेल्ने क्रममा ट्याक्टर अचानक ब्याक भएर दुर्घटना भएको बताइएको छ ।

    घटनापछि ट्याक्टर चालक नौबहिनी गाउँपालिका–५ का २१ वर्षीय विकास परियार सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

     

    प्रकाशित मिति :आषाढ ३१ २०८३ बुधवार - १७:४२:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij