Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

मकवानपुरमा १०९ किलो गाँजासहित दुई जना पक्राउ

मकवानपुरमा १०९ किलो गाँजासहित दुई जना पक्राउ


  • 946
    Shares

    मकवानपुरमा १०९ किलो गाँजासहित दुई जना पक्राउ
    images

    काठमाडौं । मकवानपुरको  मनहरि गाउँपालिका-८ सिमपानीस्थित पूर्व-पश्चिम सडकखण्डमा १०९ किलोग्राम गाँजासहित दुई जनालाई पक्राउ गरिएको छ ।

    पक्राउ पर्नेमा धादिङको गजुरी नगरपालिका-७ किरानचोक बस्ने ४१ वर्षीय सुमन तामाङ र १८ वर्षीय इरोज तामाङ रहेका छन् । 

    चितवनबाट हेटौडातर्फ जाँदै गरेको बा.प्र.०१-०२६ च ४८९३ नम्बरको जिपलाई विशेष सूचनाका आधारमा रोकी जाँच गर्दा गाडीको पछाडिको भागमा त्रिपालले लुकाई छिपाइ राखिएको प्लास्टिकले बेरिएको १५ पोकामा रहेको १०९.०९६ किलोग्राम गाँजा बरामद गरिएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको छ । 

     

    प्रकाशित मिति :आषाढ ३१ २०८३ बुधवार - १२:११:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij