Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदका लागि दरखास्त आह्वान

स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदका लागि दरखास्त आह्वान


  • 1.4K
    Shares

    स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदका लागि दरखास्त आह्वान
    images

    काठमाडौं । स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदमा नियुक्तिका लागि दरखास्त आह्वान गरिएको छ। 

    स्वास्थ्य बीमा ऐन, २०७४ को दफा २० बमोजिम कार्यकारी निर्देशक पदमा खुला प्रतिस्पर्धाबाट उम्मेदवार छनोट गरी ऐनको दफा २२ (३) बमोजिम नियुक्ति गर्नका लागि यो सूचना बुधबार पहिलो पटक प्रकाशन गरिएको हो। 

    ‘स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकका लागि सिफारिस गर्न गठित सिफारिस समितिको बैठक र छनोट सम्बन्धी कार्यविधि, २०८३’ को दफा ७ को उपदफा (१) बमोजिम यो दरखास्त माग गरिएको हो। 

    यो सम्बन्धी सम्पूर्ण विस्तृत सूचना स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको वेबसाइट www.mohp.gov.np  र स्वास्थ्य बीमा बोर्डको वेबसाइट www.hib.gov.np  मा उपलब्ध गराइएको छ। योग्यता पुगेका इच्छुक आवेदकले तोकिएका वेबसाइटहरूबाट फाराम तथा कार्यविधि डाउनलोड गरी प्रक्रिया अगाडि बढाउन सक्नेछन्। 

    bima_wlFejXG2Ws.jpg

     

    प्रकाशित मिति :आषाढ ३१ २०८३ बुधवार - ११:३१:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij