Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

अनेरास्ववियु अध्यक्ष धामीलगायतका नेता पक्राउ

अनेरास्ववियु अध्यक्ष धामीलगायतका नेता पक्राउ


  • 1.2K
    Shares

    अनेरास्ववियु अध्यक्ष धामीलगायतका नेता पक्राउ
    images

    काठमाडौं । नेकपा एमाले निकट अनेरास्ववियुका अध्यक्ष दीपक धामी लगायतका नेताहरूलाई प्रहरीले पक्राउ गरेको छ । 

    सोमबार काठमाडौंका मिडियाको गेट र सडकमा शंकास्पद पार्किङको विरोधमा अनेरास्ववियुले बुधबार बिहान सिंहदरबार अगाडि मोटरसाइकल पार्किङ गरेर शान्तिपूर्ण विरोध प्रदर्शनका क्रममा अध्यक्ष धामीलगायतका विद्यार्थी नेताहरूलाई प्रहरीले पक्राउ गरेको अनेरास्ववियुका नेता गोपाल नेपालले जानकारी दिएका छन् । 

    उनका अनुसार पक्राउ पर्नेमा अनेरास्ववियु केन्द्रीय अध्यक्ष धामी, अनेरास्ववियु निर्वाचन आयोग अध्यक्ष जित प्रसाद सिटौला, सचिवालय सदस्य बिशाल खड्का, उपत्यका विशेष बागमती प्रदेश संयोजक रवि मगर, केन्द्रीय सदस्य विष्णु उपरकोटी, कानुन राष्ट्रिय कमिटी सचिव सुदिप थापा र सिरिस बुढा रहेका छन् । 

    पक्राउ विद्यार्थी नेताहरूलाई विनाशर्त रिहा गर्न अनेरास्ववियुले माग गरेको छ ।

     

    प्रकाशित मिति :आषाढ ३१ २०८३ बुधवार - १०:२७:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij