Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

ललिता निवास जग्गा प्रकरण : मालपोत कार्यालय काठमाडौंले जारी गर्‍यो ४९ जनाविरुद्ध २१ दिने सूचना

ललिता निवास जग्गा प्रकरण : मालपोत कार्यालय काठमाडौंले जारी गर्‍यो ४९ जनाविरुद्ध २१ दिने सूचना


  • 6.6K
    Shares

    ललिता निवास जग्गा प्रकरण : मालपोत कार्यालय काठमाडौंले जारी गर्‍यो ४९ जनाविरुद्ध २१ दिने सूचना

    काठमाडौें । ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा गर्ने ४९ जनाविरुद्ध भूमिसुधार तथा मालपोत कार्यालय काठमाडौंले २१ दिने सूचना प्रकाशित गरेको छ ।  

    आइतबार गोरखापत्रमा सूचना जारी गर्दै सरकारले २०७७ साल चैत २० को भूमिसुधार कार्यालयको आदेश अनुसार ती ४९ जनाको घरमा सूचना दिन जाँदा  घर ठेगाना पत्ता नलागी म्याद तामेल हुन नसकेको भन्दै पत्रिकामा सूचना जारी गरेर २१ दिनको समय दिइएको हो ।

    यसरी सूचना जारी हुनेमा भाटभटेनी डिपार्टमेन्ट स्टोरमा मालिक मीनबहादुर गुरुङ, उक्त जग्गामा मुख्य विचौलिया रामकुमार सुवेदी, शोभकान्त ढकाल, ढकालकी श्रीमती उमाकुमारी ढकाल, व्यापारी मनोजकुमार केडियालगायत रहेका छन् । 

    मालपोत कार्यालयले जग्गाधनीलाई सो जग्गा सरकारको नाममा ल्याउनु नपर्ने कारण भए २१ दिनभित्र कारण पेस गर्न भनेको छ । अब सम्बन्धित जग्गाधनीले २१ दिनभित्र जवाफ नदिए सो जग्गा सरकारको नाममा नामसारी हुने सुचनामा उल्लेख छ ।  

    सूचनामा उल्लेखित विवरण अनुसार सो विवादित जग्गामध्ये सबैभन्दा धेरै जग्गा शोभाकान्त ढकालको नाममा छ । उनको र उनको परिवारको गरी २२ कित्तामा ३ हजार २ सय ७५ वर्गफिट जग्गा सरकारको नाममा गर्नुपर्ने ठहर कार्यालयको छ । ढकालपछि मीनबहादुर गुरुङको परिबारको नाममा रहेको छ ।

    त्यस्तै रामकुमार सुवेदीको नाममा धेरै जग्गा देखिएको छ । उनीहरुको भ्रष्टाचार मुद्दा अहिले विशेष अदालतमा विचाराधीन रहेको छ। विशेष अदालतमा अधिकांश प्रतिवादी हाजिर भएका छन् भने नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छादारलगायत केही भीभीआईपी उपस्थित भएका छैनन् । विशेषले हालसम्म तीन आरोपीलाई पुर्पक्षका लागि थुनामा पठाएको छ ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पुर्व प्रमुख आयुक्त दीप बस्न्यात र शोभकान्त ढकाललाई विशेषले थुनामा  पठाएको थियो । अन्य अभियुक्तलाई भने धरौटी र साधारण तारेखमा रिहा गरेको छ ।

    हेर्नुस् गोखापत्रमा प्रकाशित सूचना

    1111.jpg2.jpg

    प्रकाशित मिति :जेठ २३ २०७८ आइतवार - १०:२०:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij