Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

उपभोक्तासँगै व्यवसायीको अधिकार पनि संरक्षण हुनुपर्छः अध्यक्ष मिश्र

उपभोक्तासँगै व्यवसायीको अधिकार पनि संरक्षण हुनुपर्छः अध्यक्ष मिश्र


  • 792
    Shares

    उपभोक्तासँगै व्यवसायीको अधिकार पनि संरक्षण हुनुपर्छः अध्यक्ष मिश्र
    images

    काठमाडौं । नेपाल बार एशोसिएशनका अध्यक्ष वरिष्ठ अधिवक्ता प्रा।डा। विजयप्रसाद मिश्रले उपभोक्तासंगै व्यवसायीको अधिकारलाई पनि ख्याल राख्नुपर्ने बताएका छन् । नेपाल बार एशोसिएशन उपभोक्ता कानून सरोकार समितिले आयोजना गरेको ‘उपभोक्ता हित संरक्षणका आयाम तथा उपचारहरू-उपभोक्ता अदालतको भुमिका’ विषयक विचार गोष्ठीमा बोल्दै अध्यक्ष मिश्रले यस्तो बताएका हुन्।

    उनले स्वास्थ्य र सुरक्षामा प्रत्यक्ष असर पर्ने घटनामा कारबाही आवश्यक भएपनि कारबाहीसँगै हुने सार्वजनिक प्रचारप्रसारले व्यवसायीको अधिकारसमेत प्रभावित हुने बताएका छन् । उनकाअनुसार कुनै पसलमा वा कम्पनीका अखाद्य बस्तु भेटिएपछि कानूनबमोजिम कारबाही भएपछि पनि सामाजिक सञ्जाल र प्रचारप्रसारमार्फत व्यवसायलाई पूर्ण रूपमा ध्वस्त पार्ने प्रवृत्ति भईरहेको छ ।

    कानूनी सजाय पाईसकेपछि पनि सामाजिक रूपमा आजीवन सजाय दिने अवस्था उचित हुन्छ कि हुँदैन भन्नेकुरामा विचार गर्न आवश्यक रहेको उनले बताएका छन् । एउटा गल्तीका आधारमा राष्ट्रिय उद्यमीलाई समाप्त पार्नेभन्दा सुधारको अवसर प्रदान गर्ने प्रणाली विकास गर्नुपर्नेमा उनले जोड दिएका छन् । चिकित्सा क्षेत्रको उदाहरण दिँदै उनले चिकित्सकहरूले दीर्घ अध्ययन र व्यावसायिक मापदण्डअनुसार उपचार गरेपनि कहिलेकाहीँ अप्रत्याशित परिणाम आउन सक्ने बताएका छन् । त्यस्ता घटनामा कानूनी क्षतिपूर्तिसँगै सामाजिक प्रतिष्ठामाथि हुने क्षतिका बारेमा पनि न्याय प्रणाली संवेदनशील हुनुपर्ने उनको भनाइ थियो ।

    प्रकाशित मिति :आषाढ २९ २०८३ सोमवार - १७:१६:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij