Logo

२०८३ श्रावण १० गते आइतवार

२०८३ श्रावण १० गते आइतवार

नयाँ राहदानी प्रणाली सुरु भएकै दिन देशभर प्राविधिक समस्या, सेवाग्राही मारमा

नयाँ राहदानी प्रणाली सुरु भएकै दिन देशभर प्राविधिक समस्या, सेवाग्राही मारमा


  • 820
    Shares

    • images
    नयाँ राहदानी प्रणाली सुरु भएकै दिन देशभर प्राविधिक समस्या, सेवाग्राही मारमा
    images

    काठमाडौं । राहदानी विभागले सोमबारदेखि नयाँ प्रणालीमार्फत सेवा सुरु गरेको घोषणा गरे लगत्तै देशभर व्यापक प्राविधिक समस्या देखिएको छ। 

    जर्मन कम्पनीहरू म्युहलबउर र भेरिडोसले राहदानी छपाइ र वितरणको जिम्मेवारी सम्हालेको पहिलो दिनमै प्रणालीमा अवरोध आउँदा सेवाग्राहीहरूले ठूलो सास्ती व्यहोर्नु परेको हो।विभागले ठूलो डाटा माइग्रेसन सम्पन्न गरी नयाँ प्रविधि र प्रणाली लागू गरे पनि देशका विभिन्न जिल्लाहरूमा यसले काम गर्न सकेको छैन।

    प्राप्त जानकारी अनुसार पाल्पा, अर्घाखाँची, बैतडी, महोत्तरी, काभ्रे, उदयपुर, बारा र म्याग्दी लगायतका जिल्लाहरूमा पासवर्ड नमिल्ने र प्रणाली नै अवरुद्ध हुने जस्ता समस्याहरू देखा परेका छन्। कतिपय ठाउँमा सिस्टम पूर्ण रूपमा डाउनु भएको बताइएको छ। देशभरका जिल्लाहरूमा प्राविधिक समस्या देखिएपछि त्रिपुरेश्वरस्थित राहदानी विभागको केन्द्रीय कार्यालयमा समेत सेवाग्राहीको थामिनसक्नु भीड लागेको छ। 

    विभागले प्रणालीमा समस्या देखिएको स्वीकार गर्दै सुरुवाती दिनमा यस्ता चुनौती आउनु स्वाभाविक भएको बताएको छ ।  विभागकी उपनिर्देशक सोनु थापाले प्राविधिक टोली र विदेशी विशेषज्ञहरूले चौबीसै घण्टा प्रणाली सुधारमा खटिएको बताइन् ।  

    images
    प्रकाशित मिति :आषाढ २९ २०८३ सोमवार - १३:०२:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij