Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

राहदानी छपाइ प्रकरणमा छलफल गर्न सार्वजनिक लेखा समिति बैठक आह्वान

राहदानी छपाइ प्रकरणमा छलफल गर्न सार्वजनिक लेखा समिति बैठक आह्वान


  • 981
    Shares

    राहदानी छपाइ प्रकरणमा छलफल गर्न सार्वजनिक लेखा समिति बैठक आह्वान
    images

    काठमाडौं । राहदानी छपाइ प्रकरणमा देखिएका अनियमितताका विषयमा छलफल गर्न प्रतिनिधिसभाको सार्वजनिक लेखा समिति बैठक आह्वान भएको छ । समिति सभापति भरतबहादुर खड्काले मंगलबार बिहान ९ बजेका लागि राहदानी छपाइ प्रकरणका विषयमा छलफल गर्न बैठक बोलाइएको जानकारी दिए ।

    उनले राहदानी छपाइबारे जानकारी लिन परराष्ट्र मन्त्रालय र राहदानी विभागका अधिकारीहरूलाई बैठकमा बोलाइएको रातोपाटीलाई बताए । 

    राहदानी खरिद प्रक्रियामा १० अर्ब १३ करोड रुपैयाँ बराबरको विवाद छ । यस विषयबारे समितिमा कुरा उठेको र उजुरी पनि परेकाले छलफलका लागि बैठक आह्वान भएको सभापछि खड्काले बताए । 

    असार २३ गते बसेको समिति बैठकमा राहदानी छपाइ प्रक्रियामा भएको भ्रष्टाचार र अनियमितताको विषय उठेको थियो ।

    प्रकाशित मिति :आषाढ २८ २०८३ आइतवार - १४:१६:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij