Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

ट्रामाडोल क्याप्सुलसहित दुई जना पक्राउ

ट्रामाडोल क्याप्सुलसहित दुई जना पक्राउ


  • 1.2K
    Shares

    ट्रामाडोल क्याप्सुलसहित दुई जना पक्राउ
    images

    काठमाडौं । लागूऔषध नियन्त्रण ब्युरो, कोटेश्वरले काठमाडौं महानगरपालिका-६ कुमारीगाल क्षेत्रबाट ७२ हजार ९ सय ट्रामाडोल क्याप्सुलसहित दुई जनालाई पक्राउ गरेको छ।

    लागू औषध कारोबार हुने उच्च जोखिमयुक्त स्थानमा निगरानी तथा विशेष कारबाही गर्ने क्रममा उनीहरू पक्राउ परेका हुन्। पक्राउ परेकाहरूमा २७ वर्षीय किरण सुनाम र २४ वर्षीय अनिल लामा रहेका छन्।

    उनीहरूको साथबाट ७२ हजार ९ सय ट्रामाडोल क्याप्सुल, बा.५७ प.२४२४ नम्बरको स्कुटर र एक थान मोबाइल फोन बरामद गरिएको ब्युरोले जनाएको छ।

    पक्राउ परेका दुवै जनाविरुद्ध लागू औषधसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको लागू औषध नियन्त्रण ब्युरोले जनाएको छ।  

    प्रकाशित मिति :आषाढ २८ २०८३ आइतवार - १३:३६:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij