Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

बझाङ जिप दुर्घटना : ३ जनाको मृत्यु, ५ को अवस्था गम्भीर

बझाङ जिप दुर्घटना : ३ जनाको मृत्यु, ५ को अवस्था गम्भीर


  • 1.2K
    Shares

    बझाङ जिप दुर्घटना : ३ जनाको मृत्यु, ५ को अवस्था गम्भीर
    images

    बझाङ । बझाङको केदारस्युँ र दुर्गाथली गाउँपालिकाको सिमानामा जिप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा चालकसहित १२ जना गम्भीर घाइते भएका छन् ।

    केदारस्युा गाउँपालिका–७ काँडाचौरबाट दुर्गाथली गाउँपालिका–६ चुवापनतर्फ गइरहेको सेच००१२६४४ नम्बरको जिप दुर्गाथली गाउँपालिका–६ र केदारस्युँ गाउँपालिका–७ को सिमानामा पर्ने सुँगरे भन्ने स्थानमा दुर्घटना भएको हो । जिप सडकबाट करिब ३०० मिटर तल खसेको स्थानियले बताए ।

    दुर्गाथली गाउँपालिका–६ का वडाध्यक्ष जयबहादुर महतका अनुसार दुर्घटनामा परी दुर्गाथली–६ का ६० वर्षीय चक्र महत, सोही ठाउँकी ६५ वर्षीया केलादेवी महत र केदारस्युँ–७ की ३५ वर्षीया विमला धामीको घटनास्थलमै मृत्यु भएको हो ।

    दुर्घटनामा परेर जिप चालक केदारस्युँ–७ का देवबहादुर धामी, दुर्गाथली–६ का झल्का महत, जैमती महत, धनशेर जाग्री, नवराज धामी, रमेश धामी, हासुली महत, रामबहादुर महत, हर्का महत, देवबहादुर जाग्री, विरु जाग्री र रामबहादुर महत गम्भीर घाइते भएका छन् ।

    घाइतेहरूको अवस्था चिन्ताजनक रहेकाले उपचारका लागि हेलिकप्टर मगाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब उपरीक्षक (डीएसपी) टेक जोराले बताए । उनले भने,‘प्रहरी टोली घटनास्थलमा पुग्न बाँकी छ । स्थानीयले उद्धार कार्य गरिरहेको खबर आएको छ । घाइतेलाई थप उपचारका लागि बाहिर पठाउन हेलिकप्टरको पहल भइरहेको छ ।’

    यसैबीच, बझाङबाट निर्वाचित प्रतिनिधि सभा सदस्य एवं नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले घाइतेहरूको उद्धारका लागि हेलिकप्टरको समन्वय भइरहेकाले संयमित रहन आग्रह गरेका छन् । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

    प्रकाशित मिति :आषाढ २७ २०८३ शनिवार - १८:१६:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij