Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

मिराज ढुंगानाले गरे गणेश नेपालीलाई सहिद घोषणा गर्नुपर्ने माग

मिराज ढुंगानाले गरे गणेश नेपालीलाई सहिद घोषणा गर्नुपर्ने माग


  • 1.0K
    Shares

    मिराज ढुंगानाले गरे गणेश नेपालीलाई सहिद घोषणा गर्नुपर्ने माग
    images

    काठमाडौं । चर्चित जेनजी अभियन्ता मिराज ढुंगानाले आत्मदाह गरेका गणेश नेपालीलाई ‘शहीद’ घोषणा गर्नुपर्ने माग राख्दै सरकारको ध्यानाकर्षण गराएका छन् । गणेशको आत्मदाह फगत आत्महत्या नभएर विद्रोह भएको उनको तर्क छ ।

    महानगर प्रहरीसित ट्राफिक जरिवानाको विषयमा विवाद भएपछि गणेशले आत्मदाह गरेका थिए । उनलाई सहिद घोषणा गर्नुपर्ने भन्दै ढुंगानाले सामाजिक सञ्जालमार्फत ६ वटा बुँदामा आफ्ना तर्कहरू अघि सारेका छन् ।

    आत्मदाह र सन्देश

    ढुंगानाका अनुसार गणेश नेपालीको कदम सामान्य आत्महत्या नभएर ुआत्मदाहु हो । कसैले शरीरमा पेट्रोल छर्केर जीवन त्याग गर्नु केवल मृत्यु मात्र नभई राज्यका लागि एउटा गम्भीर सन्देश र संकेत भएको उनले उल्लेख गरेका छन् ।
     
    अत्याचारको प्रतिरोध

    सरकारले ल्याउन खोजेको ‘अत्याचारी’ ट्राफिक जरिवानाको विरुद्धमा यो एउटा नागरिकको अन्तिम अवस्थाको विद्रोह भएको ढुंगानाको तर्क छ । पुराना सरकारहरूको लाचारी र नागरिकले भोग्नु परेको दुःखको पराकाष्ठा नै यो घटना भएको उनले बताएका छन् ।

    कोर्स करेक्सन’का लागि दबाब

    नेपाली जनताको न्यून आर्थिक स्तरलाई बेवास्ता गर्दै ल्याइएको विधेयक जनभावना विपरीत रहेको भन्दै ढुंगानाले यो आत्मदाहले राज्यलाई नीतिगत रूपमा सुध्रिन बाध्य पार्ने कारक बनेको दाबी गरेका छन् ।

    विधेयक फिर्ता र शहीदको सम्मान

    विवादास्पद विधेयक फिर्ता लिएर नेपाली जनतालाई ‘ज्यानमारा जरिवाना’बाट मुक्त गर्नुपर्ने र नेपालीलाई शहीद घोषणा गर्नुपर्ने उनको माग छ । यो मृत्युले राज्यलाई सही बाटोमा ल्याउन ठुलो दबाब दिएको उनले बताएका छन् ।

    भावी नीतिका लागि नजीर

    यदि गणेश नेपालीलाई शहीद घोषणा गरिएमा भविष्यमा राज्य र जनताबीचको दूरीबारे एउटा नजिर बस्ने ढुंगानाको विश्वास छ । यसले गरिब देशमा दण्ड र जरिवाना सम्बन्धी नीति बनाउँदा राज्यलाई थप संवेदनशील बन्न बाध्य पार्ने उनले उल्लेख गरेका छन् ।

    मूल्याङ्कनको आवश्यकता
    सबै आत्मदाह गर्नेलाई शहीद भन्न नसकिए तापनि राज्यको अत्याचारको विकल्प नदेखेर विद्रोह स्वरूप गरिएको यस्तो बलिदानलाई सन्दर्भ हेरेर उचित मूल्याङ्कन गरिनुपर्नेमा उनले जोड दिएका छन् ।

    प्रकाशित मिति :आषाढ २७ २०८३ शनिवार - १२:४८:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij