Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

फेवातालमा डुबेर २८ वर्षीय भारतीय पर्यटकको मृत्यु

फेवातालमा डुबेर २८ वर्षीय भारतीय पर्यटकको मृत्यु


  • 778
    Shares

    फेवातालमा डुबेर २८ वर्षीय भारतीय पर्यटकको मृत्यु
    images

    पोखरा । पोखराको फेवातालमा पौडी खेल्ने क्रममा डुबेर भारतको विहारबाट घुम्न आएका २८ वर्षीय रोहित कुमारको शुक्रबार निधन भएको छ।

    जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार रोहित चारजना साथीसहित तालबाराही मन्दिर पुगेका थिए। मन्दिरमा डुंगा राखेपछि उनी र अर्का एक साथी तालमा पौडी खेल्न थालेका थिए। सोही क्रममा रोहित तालमा डुबेका थिए।

    घटनाको जानकारी प्राप्त हुनासाथ फेवा वाच एन्ड रेस्क्यु टावरमा रहेका सशस्त्र प्रहरी सहायक निरीक्षक देवेन्द्र केसीको नेतृत्वमा खटिएको विपद् व्यवस्थापन टोलीले तत्काल खोजी सुरु गरेको थियो।

    प्रहरीका अनुसार डुबेका रोहितलाई करिब ५:१० बजे तालको १० फिट गहिराइबाट अचेत अवस्थामा उद्धार गरिएको थियो। उनलाई तत्काल उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको भए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।

    जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता वीरेन्द्रकुमार पासवानले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिएका छन्।

    प्रकाशित मिति :आषाढ २६ २०८३ शुक्रवार - २०:१७:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij