Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

गणेश नेपालीको निधनपछि माइतीघरमा आक्रोश; प्रदर्शनकारीलाई भद्रकालीमा रोक्यो प्रहरीले

गणेश नेपालीको निधनपछि माइतीघरमा आक्रोश; प्रदर्शनकारीलाई भद्रकालीमा रोक्यो प्रहरीले


  • 1.1K
    Shares

    गणेश नेपालीको निधनपछि माइतीघरमा आक्रोश; प्रदर्शनकारीलाई भद्रकालीमा रोक्यो प्रहरीले
    images

    काठमाडौं । गणेश नेपालीको मृत्युको घटनापछि काठमाडौँको माइतीघरमा प्रदर्शन भएको छ ।शुक्रबार मुगुवासी, पठाओ राइडर र जेनजीहरूले प्रदर्शन गरेका हुन् । 

    प्रदर्शनका क्रममा उनीहरूले ‘बालेन तिम्रो झिकै झिकै माया गणेशको आत्मदाह थियो’ नाराबाजीसहित नेपालीको मृत्युको कारण सरकार भएकाले घटनामा संलग्नलाई कारबाहीको माग गरेका छन् । 

    ‘राज्य आतङ्क मुर्दावाद, बालेन के तिम्रो राज्यमा गरिब र युवा अट्न नसक्ने हो, हत्यारा सरकार मुर्दावाद’ लगायतका नारा लेखिएको प्लेकार्ड बोकेर उनीहरूले प्रदर्शन गरेका हुन् । 

    माइतीघरमा प्रदर्शनपछि उनीहरू वीर अस्पतालतर्फ लागे पनि प्रहरीले भद्रकालीमा रोकेको छ । बिहीबार दिउँसो त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरेका २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा आज शुक्रबार मृत्यु भएको हो ।

     

    प्रकाशित मिति :आषाढ २६ २०८३ शुक्रवार - १३:४३:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij