Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

मिटरब्याज पीडितको काठमाडौं यात्रा जारी, ढल्केबरसम्म पुग्यो ‘न्याय मार्च’

मिटरब्याज पीडितको काठमाडौं यात्रा जारी, ढल्केबरसम्म पुग्यो ‘न्याय मार्च’


  • 1.0K
    Shares

    मिटरब्याज पीडितको काठमाडौं यात्रा जारी, ढल्केबरसम्म पुग्यो ‘न्याय मार्च’
    images

    काठमाडौं । मिटरब्याजीहरूको शोषण र अत्याचारविरुद्ध न्यायको माग गर्दै जनकपुरधामबाट काठमाडौंतर्फ पैदल यात्रा थालेका पीडितहरू धनुषाको ढल्केबर पुगेका छन्।

    मिटरब्याजविरुद्ध किसान-मजदुर आन्दोलन, नेपालको आयोजनामा सुरु भएको ‘न्याय मार्च’ सरकारलाई मिटरब्याज समस्या समाधानका लागि दबाब दिने उद्देश्यले सञ्चालन गरिएको हो। तिरहुतियागाछीबाट बिहीबार साँझ यात्रा सुरु गरेका पीडितहरू दोस्रो दिन बिहान ढल्केबर आइपुगेका हुन्।

    मार्चमा सहभागीहरू धनुषाको महेन्द्रनगर हुँदै महोत्तरीको बर्दिवासतर्फ अघि बढिरहेका छन्। उनीहरू करिब एक साताभित्र काठमाडौं पुग्ने लक्ष्यमा छन्।

    पीडितहरूले सरकारले यसअघि मिटरब्याजसम्बन्धी चार पटक लिखित सहमति गरे पनि कार्यान्वयन नगरेको आरोप लगाएका छन्। राज्यले गरेका प्रतिबद्धता पूरा नभएकाले फेरि काठमाडौंसम्म पैदल यात्रा गर्नुपरेको उनीहरूको भनाइ छ। न्याय नपाएसम्म आन्दोलन जारी रहने चेतावनी पनि उनीहरूले दिएका छन्।  

    प्रकाशित मिति :आषाढ २६ २०८३ शुक्रवार - १२:२२:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij