Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

बागमती कांग्रेसको विवाद मिलाउन महामन्त्री घिमिरे हेटौँडामा, संसदीय दलको बैठक जारी

बागमती कांग्रेसको विवाद मिलाउन महामन्त्री घिमिरे हेटौँडामा, संसदीय दलको बैठक जारी


  • 1.1K
    Shares

    बागमती कांग्रेसको विवाद मिलाउन महामन्त्री घिमिरे हेटौँडामा, संसदीय दलको बैठक जारी
    images

    काठमाडौं । आगामी आर्थिक वर्ष २०८३\८४ को बजेटलाई लिएर बागमती सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसभित्रको विवाद मिलाउन पार्टी नेतृत्व सक्रिय भएको छ ।

    नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरे शुक्रबार साँझ हेटौंडा आएका छन् । उनले आज मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ र बजेटमा असन्तुष्ट बहादुर लामासहितका सांसदहरुसँग छलफल गर्ने पूर्वमन्त्रीसमेत रहेका कांग्रेस सांसद सुरजचन्द्र लामिछानेले जानकारी दिएका छन् ।

    नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतासमेत रहेका बानियाँले आज दलको बैठक बोलाएका छन् । दलको बैठक सुरु हुँदैछ । बजेटमा असन्तुष्ट बन्दै प्रदेशसभामा १६ असारबाट सुरु भएको बजेट माथिको छलफलमा अनुपस्थित भएका कांग्रेस सांसदहरु हेटौंडाबाट आउने क्रम जारी रहेको लामिछानेले बताए । कांग्रेसका ३६ जना सांसद छन् ।

    आज ११ बजेदेखि प्रदेशसभा बैठक छ । सांसदहरुले उठाएका प्रश्नमा मन्त्रीहरुले जवाफ दिइसकेपछि बजेट पास गर्ने मुख्यमन्त्री बानियाँको तयारी छ ।

     

    प्रकाशित मिति :आषाढ २० २०८३ शनिवार - १२:२३:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij