२०८३ श्रावण ११ गते सोमवार
काठमाडौं । सानिमा बैंकले नेपाल क्लियरिङ हाउस (NCHL) संग सहकार्य गर्दै भारत(नेपाल रियल टाईम एभचकयल तय Person to Person (P2P) भुक्तानी सेवा सुरु गरेको छ, जसले दुई देशबीच सुरक्षित, छिटो र कम लागतमा रकम पठाउन तथा प्राप्त गर्न सुविघा प्रदान गर्दछ ।
यस सेवामार्फत भारत तथा नेपालका प्रयोकर्ताले बैंक खाताको विवरण साझा नगरी Virtual Payment Address (VPA) तथा UPI ID प्रयोग गरेर रकामान्तर गर्न सक्छन् । नेपाली प्रयोकर्ताले VPA मार्फत रकम प्राप्त गर्न सक्नेछन् भने भारतीय प्रयोकर्ताले UPI ID प्रयोग गरी भारत-नेपालमा रकम पठाउन तथा प्राप्त गर्न सक्नेछन् । यसले सीमा पार भुक्तानी प्रक्रियालाई अझ सरल , सुरक्षित र सहज बनाएको छ ।
यो सुविघा विधार्थी , पेशागत ब्यक्तिहरु, यात्रु तथा भारत(नेपाल आवागमनमा निर्भर परिवारहरुका लागि आधुनिक र प्रभावकारी विक्लपका रुपमा उपयोगी हुनेछ । सानिमा बैंकले हाल देशका सातै प्रदेशमा १३४ शाखा कार्यालय तथा १२७ एटीएममार्फत सेवा प्रदान गर्दै आएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij