Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

बाढी र पहिरोका कारण देशका यी सडक खण्डहरू अवरुद्ध

बाढी र पहिरोका कारण देशका यी सडक खण्डहरू अवरुद्ध


  • 1.7K
    Shares

    बाढी र पहिरोका कारण देशका यी सडक खण्डहरू अवरुद्ध
    images

    काठमाडौं । अविरल वर्षाका कारण आएको बाढी, पहिरो तथा सडक मर्मतका कारण देशका विभिन्न जिल्लाका मुख्य राजमार्ग प्रभावित भएका छन्। 

    सम्बन्धित निकायले शुक्रबार बिहान ९ बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै केही सडक पूर्ण रूपमा अवरुद्ध, केही एकतर्फी सञ्चालनमा रहेको र केही स्थानमा सवारी साधन सञ्चालनमा रोक लगाइएको जनाएको हो।

    कोशी प्रदेश अन्तर्गत भोजपुरको भोजपुर नगरपालिका-७ स्थित मध्यपहाडी लोकमार्ग बाढीका कारण एकतर्फी सञ्चालनमा रहेको छ। इलामको रोङ गाउँपालिका-३ राउतबारीस्थित मेची राजमार्ग तथा तेह्रथुमको म्याङ्लुङ नगरपालिका-६ सिम्ले क्षेत्रमा रहेको मध्यपहाडी लोकमार्ग पहिरोका कारण एकतर्फी सञ्चालनमा छन्।

    काभ्रेपलाञ्चोकको भकुण्डेबेँसी-नेपालथोक-धुलिखेल सडकखण्डमा सम्भावित बाढीको जोखिमका कारण सवारी सञ्चालनमा रोक लगाइएको छ। यस्तै, बीपी राजमार्गअन्तर्गत रोशी गाउँपालिका-११ कालढुंगा-चिसापानी क्षेत्रमा सडक एकतर्फी सञ्चालनमा छ।

    मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-२ र ५ महालक्ष्मी क्षेत्रमा पर्ने कुलेखानी-फाखेल हुँदै हुमाने-फाखेल-काठमाडौंतर्फको सडकखण्डमा मर्मत कार्य भइरहेकाले अत्यावश्यक बाहेकका सवारीसाधनलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ। 

    चितवनको इच्छाकामना गाउँपालिका-५ पानीधारास्थित मुग्लिन-नारायणगढ सडकखण्ड पनि पहिरोका कारण प्रभावित भए पनि सञ्चालनमा रहेको छ।

    735761560_4557879804538242_8708698214028553650_n_HJ87eykrk5.jpg

     

    प्रकाशित मिति :आषाढ १९ २०८३ शुक्रवार - ११:०३:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij