२०८३ आश्विन २ गते शुक्रवार
काठमाडौं । काठमाडौं जिल्ला अदालतले श्रीमती हत्या मुद्दामा अभियुक्त ‘नेपाली ब्रो’ भनेर चिनिने कुमार थापा र उनकी प्रेमिका प्रतीक्षा आचार्यलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ।
न्यायाधीश महेन्द्रबहादुर कार्कीको बिहीबार बसेको इजलासले थुनछेक बहसपछि दुवै आरोपीलाई मुद्दाको अन्तिम किनारा नलागेसम्म कारागार पठाउने आदेश जारी गरेको हो। यसैगरी, सोही मुद्दामा संलग्न रहेका अन्य दुई प्रतिवादीहरू विक्रम थापा मगर र सुजन थापा क्षेत्रीसँग अदालतले जनही १ लाख रुपैयाँ धरौटी माग गर्ने आदेश गरेको छ।
धरौटी रकम जम्मा गरेमा उनीहरू न्यायिक हिरासतबाट मुक्त हुनेछन् भने रकम बुझाउन नसके थुनामै रहनेछन्।श्रीमतीको शङ्कास्पद मृत्युपछि प्रहरीले कर्तव्य ज्यान मुद्दा अन्तर्गत अनुसन्धान प्रक्रिया अघि बढाएको थियो। अदालतको यो आदेशसँगै मुख्य अभियुक्त र उनकी प्रेमिका पुर्पक्षका लागि जेल चलान भएका छन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij