२०८३ आश्विन २ गते शुक्रवार
काठमाडौं । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिकमत बहादुर रावल नियुक्त गर्ने निर्णय गरेको छ।
सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले बैठकका निर्णयहरूबारे जानकारी दिँदै रावललाई सो जिम्मेवारी दिइएको बताएका छन् ।
सोही बैठकले सञ्चार क्षेत्रकै अर्को महत्त्वपूर्ण निकाय सुरक्षण मुद्रण केन्द्रको रिक्त कार्यकारी निर्देशक पदमा मोरङका देवराज ढुङ्गानालाई नियुक्त गर्ने निर्णय गरेको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij