२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । सम्बन्धमा रहँदा महिलासँग खिचेका नग्न तस्वीर, भिडियो सार्वजनिक गरिदिने भन्दै ब्ल्याकमेलिङ गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा रुपन्देहीको गैडहवा गाउँपालिका-८ का २० वर्षीय पवन निसाद रहेका छन् ।
उनलाई प्रहरीको केन्द्रीय साइबर ब्यूरोले पक्राउ गरेको हो । सम्बन्ध बिग्रेपछि पीडित महिलाको तस्वीर, भिडियो सार्वजनिक गरिदिने भन्दै उनले ब्ल्याकमेलिङ गरेको आरोप छ।
पक्राउ परेका उनीमाथि साइबर कसुरमा काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij