Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

संसद् भवनमा इन्टरनेट बिग्रिँदा प्रतिनिधिसभा बैठकको 'लाइभ स्ट्रीमिङ' प्रभावित

संसद् भवनमा इन्टरनेट बिग्रिँदा प्रतिनिधिसभा बैठकको 'लाइभ स्ट्रीमिङ' प्रभावित


  • 1.8K
    Shares

    संसद् भवनमा इन्टरनेट बिग्रिँदा प्रतिनिधिसभा बैठकको 'लाइभ स्ट्रीमिङ' प्रभावित
    images

    काठमाडौं । सिंहदरबारस्थित संसद् भवनमा इन्टरनेट सेवा अवरुद्ध हुँदा प्रतिनिधिसभा बैठकको प्रत्यक्ष प्रसारण ९लाइभ स्ट्रीमिङ० प्रभावित भएको छ। 

    सङ्घीय संसद् सचिवालयका प्रवक्ता एवं सहसचिव एकराम गिरीका अनुसार बिहानैदेखि इन्टरनेटमा समस्या आएका कारण बैठकको लाइभ हुन नसकेको हो। प्रवक्ता गिरीले प्राविधिकहरू इन्टरनेट मर्मतको कार्यमा जुटिरहेको र समस्या समाधान हुनासाथ प्रत्यक्ष प्रसारण पुनः सुरु हुने जानकारी दिएका छन्।

    संसद् बैठकको प्रत्यक्ष प्रसारण नहुँदा सर्वसाधारण र सञ्चारमाध्यमहरूले बैठकको गतिविधिको ताजा जानकारी पाउनबाट बञ्चित भएका छन्।

    प्रकाशित मिति :आषाढ १८ २०८३ बिहिवार - ११:४९:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij