Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

रास्वपा कार्यालयमा दृष्टिविहीनहरूको प्रदर्शन

रास्वपा कार्यालयमा दृष्टिविहीनहरूको प्रदर्शन


  • 1.3K
    Shares

    रास्वपा कार्यालयमा दृष्टिविहीनहरूको प्रदर्शन
    images

    काठमाडौं । विभिन्न माग राख्दै आन्दोलनरत सडकपेटी आश्रित दृष्टिविहीन नागरिकहरूले रास्वपा कार्यालय वनस्थलीमा प्रदर्शन गरेका छन् । 

    रास्वपा सभापति रवि लामिछानेलाई आफ्ना मागका बारेमा जानकारी गराउन पार्टी कार्यालय वनस्थली पुगेका सडकपेटी आश्रित दृष्टिविहीनहरूले सभापति लामिछानेलाई भेट्न नपाएपछि आक्रोशित हुँदै प्रदर्शन गरेका हुन् ।

    रास्वपा सभापति लामिछानेलाई भेट्न नदिएपछि जबरजस्ती कार्यालयभित्र खोज्दा प्रहरीले उनीहरूलाई रोकेको थियो ।

    सडकपेटी आश्रित दृष्टिविहीन नागरिकहरूले सुरक्षाकर्मीहरूले सभापतिलाई भेट्न दिने भन्दै झुक्काएको गुनासो गरेका छन् । सडक पेटीलाई कार्य क्षेत्र बनाएका दृष्टिविहीन तथा न्यून दुष्टियुक्त व्यक्तिहरूमाथि काठमाडौँ महानगर लगायत विभिन्न निकायहरूले बलपूर्ण धरपकड गरेको भन्दै उनीहरू आन्दोलित भएका हुन् ।

     

     

    प्रकाशित मिति :आषाढ १७ २०८३ बुधवार - १६:३५:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij