२०८३ आश्विन १ गते बिहिवार
दक्षिण अमेरिकी देश भेनेजुएलामा आइतबार फेरि भूकम्प गएको छ।
युरो-मेडिटेरेनियन सिस्मोलोजिकल सेन्टर (ईएएससी) का अनुसार अरागुआ तटनजिकै समुद्रमा केन्द्रबिन्दु भएर आइतबार ५.६ म्याग्निच्युडको भूकम्प गएको हो। जुन ३० किलोमिटर गहिराइबाट गएको थियो।
स्थानीय समयअनुसार बुधबार (जुन २४) साँझ मात्र भेनेजुएलामा केही सेकेन्डको फरकमा ७.२ र ७.५ म्याग्निच्युडका शक्तिशाली भूकम्प गएका थिए।
जसमा परी मृत्यु भएकाको संख्या १ हजार ४३० पुगेको छ भने ३ हजार ३०० भन्दा बढी घाइते भएका छन्। ढलेका संरचनाभित्र अझै ६८ हजार ९०० जना बेपत्ता छन्। खोजी जारी छ।
यहीबिच शनिबार पनि भेनेजुएलामा ४.९ म्याग्निच्युडको भूकम्प गएको थियो।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij