Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

मतपत्रबाट ‘ज्वाला’ नाम हटाइएपछि नेतृ ज्वाला संग्रौला आक्रोशित, षडयन्त्र भएको दाबी

मतपत्रबाट ‘ज्वाला’ नाम हटाइएपछि नेतृ ज्वाला संग्रौला आक्रोशित, षडयन्त्र भएको दाबी


  • 1.4K
    Shares

    मतपत्रबाट ‘ज्वाला’ नाम हटाइएपछि नेतृ ज्वाला संग्रौला आक्रोशित, षडयन्त्र भएको दाबी
    images

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनमा केन्द्रीय सदस्य पदको प्रतिस्पर्धामा उत्रिएकी नेतृ ज्वाला संग्रौलाले मतपत्रमा आफ्नो परिचित नाम गायब पारिएको भन्दै तीव्र आक्रोश व्यक्त गरेकी छन् ।  

    उम्मेदवारी फारममा आफ्नो उपनाम समेत उल्लेख गर्दा पनि मतपत्रमा भने उक्त नाम हटाइएपछि आफूविरुद्ध योजनाबद्ध षडयन्त्र रचिएको उनको दाबी छ । ज्वालाको वास्तविक नाम टिका संग्रौला भए पनि उनी पार्टीभित्र र बाहिर ‘ज्वाला’ नामले नै बढी परिचित छन् । उनले निर्वाचनका लागि फारम भर्दा आफ्नो नाम ‘टिका संग्रौला (ज्वाला)’ लेखेको थियो । तर, मतपत्रमा ‘ज्वाला’ हटाएर केवल ‘टिका संग्रौला’ मात्र राखिएपछि उनि रुष्ट भएकी हुन्।

    प्रतिनिधिहरू झुक्किए, ममाथि सरासर षडयन्त्र भयो आफ्नो असन्तुष्टि व्यक्त गर्दै नेतृ ज्वालाले भन्नुभयो, “मलाई सबैले ज्वाला भनेर चिन्नुहुन्छ । यो नाम मतपत्रमा नदेख्दा प्रतिनिधिहरू झुक्किएर मलाई भोटै नहाली आउनुभएछ । पछि उहाँहरूले नै मलाई यसबारे भन्नुभयो । म आफैं भोट हाल्न जाँदा मतपत्रमा टिका संग्रौला मात्रै लेखिएको पाएँ । यो नामले मलाई धेरैले चिन्नुहुन्न । ममाथि यो सरासर षडयन्त्र हो ।” 

    निर्वाचन आयोगको दोहोरो मापदण्डमाथि प्रश्नयस विषयमा ज्वालाले पार्टीको निर्वाचन आयोगमा मौखिक गुनासो राखेको थियो । तर, आयोगका पदाधिकारीहरूले मतपत्रमा ‘उपनाम’ प्रयोग गर्न नमिल्ने कानुनी जवाफ दिएका थिए । आयोगको यो जवाफप्रति असन्तुष्टि जनाउँदै ज्वालाले अन्य उम्मेदवारहरूको हकमा भने उपनाम प्रयोग गरिएको दृष्टान्त दिएको छ । 

    महाधिवेशनको मतपत्रमा रञ्जु न्यौपानेको नाम ‘रञ्जु दर्शना’ र डिल्लीस्वर कार्कीको नाम ‘रोहन कार्की’ लेखिएको भन्दै उहाँले आफ्नो नाममा मात्र किन छेडखानी गरियो भनी प्रश्न उठाएकी छन् । नेतृत्वको आश्वासनप्रति असन्तुष्टि, उजुरीको तयारी आफ्नो नाम नै गायब पारिएपछि ज्वालाले रास्वपाको निर्वाचन आयोगमा औपचारिक उजुरी दिने तयारी गरेकी छन् ।  

    यसबारे पार्टी नेतृत्वसमक्ष कुरा राख्दा ‘निर्वाचन परिणाम आएपछि कुरा गरौंला’ भन्ने जवाफ पाउएकी उनले त्यसबाट सन्तुष्ट हुनुहुन्न । आफूलाई चुनावको हारजित भन्दा पनि आफ्नै पार्टीभित्रबाट भएको षडयन्त्रले चित्त दुखेको उनको भनाइ छ ।

    प्रकाशित मिति :आषाढ ११ २०८३ बिहिवार - १२:१६:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij