२०८२ भाद्र ३ गते मंगलवार
काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य निरन्तर बढ्दै गएको छ । बढ्ने क्रममा बिहीबार सुनको मूल्य ९५ हजार नजिक पुगेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन प्रतितोला ४०० रुपैयाँले वृद्धि हुँदै ९४ हजार ९०० रुपैयाँ पुगेको हो ।आज तेजाबी सुनको मूल्य समेत ९४ हजार ४०० रुपैयाँ कायम भएको छ ।
यता चाँदीको मूल्य भने बुधबारको मूल्यमा थप १५ रुपैयाँले वृद्धि हुँदै बिहीबार एक हजार ३७५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij