Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

बढ्यो व्यापार घाटा: १८ खर्ब ९४ अर्बको आयात, २ खर्ब ७७ अर्बको निर्यात

बढ्यो व्यापार घाटा: १८ खर्ब ९४ अर्बको आयात, २ खर्ब ७७ अर्बको निर्यात


  • 2.0K
    Shares

    बढ्यो व्यापार घाटा: १८ खर्ब ९४ अर्बको आयात, २ खर्ब ७७ अर्बको निर्यात
    images

    काठमाडौं । चालू आर्थिक वर्ष २०८२\८३ को पहिलो ११ महिना (साउनदेखि जेठसम्म) मा नेपालको वैदेशिक व्यापारको आकार बढेको छ। भन्सार विभागले सार्वजनिक गरेकोतथ्याङ्कअनुसार यस अवधिमा नेपालको आयात र निर्यात दुवैमा वृद्धि देखिएको छ। 

    तर, आयातको तुलनामा निर्यातको हिस्सा निकै सानो हुँदा देशको कुल वैदेशिक व्यापार घाटा अघिल्लो वर्षको सोही अवधिको तुलनामा १५.६७ प्रतिशतले बढेर १६ खर्ब १६ अर्ब १३ करोड रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको अवधिमा व्यापार घाटा १३ खर्ब ९७ अर्ब २२ करोड रुपैयाँ मात्र रहेको थियो।

    आयात र निर्यातको अवस्था: १५.१६ प्रतिशतले बढ्यो आयात

    आयातमा वृद्धि: चालू आर्थिक वर्षको ११ महिनामा नेपालले १८ खर्ब ९४ अर्ब ९ करोड रुपैयाँ बराबरको विदेशी वस्तु आयात गरेको छ। यो गत वर्षको सोही अवधिको आयात (१६ खर्ब ४४ अर्ब ७९ करोड रुपैयाँ) भन्दा १५.१६ प्रतिशतले बढी हो।

    निर्यातमा सामान्य सुधार: समीक्षा अवधिमा नेपालको निर्यात व्यापारमा पनि १२.२८ प्रतिशतको वृद्धि भएको छ। गत वर्ष २ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको वस्तु निर्यात भएकोमा यस वर्ष बढेर २ खर्ब ७७ अर्ब ९६ करोड ७२ लाख रुपैयाँ पुगेको छ।

    आयात र निर्यात दुवै बढेपछि देशको कुल वैदेशिक व्यापार २१ खर्ब ७२` अर्ब ६ करोड रुपैयाँ पुगेको छ। यो गत वर्षको तुलनामा १४.७८ प्रतिशतको वृद्धि हो। कुल व्यापारको आकार बढे पनि देशको अर्थतन्त्रका लागि निर्यातको हिस्सा भने झन् कमजोर बनेको छ:कुल व्यापारमा निर्यातको हिस्सा गत वर्ष १३.०८ प्रतिशत रहेकोमा यस वर्ष खस्केर १२.८० प्रतिशतमा सीमित भएको छ। यसको विपरीत आयातको हिस्सा भने ८६.9२ प्रतिशतबाट बढेर ८७.२० प्रतिशत पुगेको छ।

    व्यापारको खाडल फराकिलो बन्दै जाँदा नेपालको आयात-निर्यात अनुपात पनि बढेको छ। भन्सार विभागका अनुसार हाल यो अनुपात ६.८१ पुगेको छ, जुन गत वर्ष ६.६४ थियो। यसको सीधा अर्थ, नेपालले हाल १ रुपैयाँ बराबरको वस्तु विदेश पठाउँदा ६ रुपैयाँ ८१ पैसा बराबरको वस्तु आयात गरिरहेको छ।

     

     

    प्रकाशित मिति :आषाढ ८ २०८३ सोमवार - १४:२७:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij