२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । धितोपत्र, सम्पत्ति शुद्धीकरण, बीमा र बैंकिङ कसुरसम्बन्धी मुद्दामा व्यावसायिक घरानाका व्यक्तिहरू मुछिएपछि नेपालको कर्पोरेट क्षेत्रमा ठूलो तरंग पैदा भएको छ।
सरकारले हालै धितोपत्र कसुरमा ८१ जना, बीमा कसुरमा ४२ जना र सम्पत्ति शुद्धीकरणमा ३९ जनासहित ठूलो संख्यामा प्रतिवादी बनाएर अदालतमा मुद्दा दायर गरेसँगै यसको प्रत्यक्ष असर कम्पनीहरूको क्रेडिट रेटिङमा देखिएको छ।
मुद्दा दायर गरिएका व्यक्तिहरू विभिन्न सार्वजनिक तथा प्रतिष्ठित निजी कम्पनीहरूको मुख्य नेतृत्व र निर्णय प्रक्रियामा संलग्न रहेका कारण इन्फोमेरिक्स नेपालले १८ वटा कम्पनीलाई विशेष निगरानीमा राखेको जनाएको छ।
बजार विश्लेषकहरूका अनुसार देशका ठूला र चलायमान व्यावसायिक समूह नै कानुनी घेरामा परेपछि बैंक, वित्तीय संस्था र ऋणदाताहरूले ती कम्पनीहरूको जोखिम प्रोफाइललाई थप नजिकबाट नियाल्नुपर्ने बाध्यात्मक अवस्था सिर्जना भएको छ। यो घटनाले नेपालको कर्पोरेट क्षेत्रमा संस्थागत सुशासन, कानुनी पालना र पारदर्शिताको विषयमा नयाँ बहस समेत सुरु गरिदिएको छ।
NNB
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij