Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

गर्भवती महिलाको उद्धार

गर्भवती महिलाको उद्धार


  • 1.3K
    Shares

    गर्भवती महिलाको उद्धार
    images

    काठमाडौं । सुत्केरी व्यथाले थलिएकी हुम्लाको उत्तरी नाम्खा गाउँपालिका-१ हेक्का निवासी २८ वर्षीया सरिता लामाको नेपाली सेनाले हेलिकप्टरमार्फत उद्धार गरी सुर्खेत पठाएको छ ।

    उनलाई हुम्ला जिल्ला अस्पतालमा सुत्केरी गराउन सम्भव नभएपछि जिल्ला प्रशासन कार्यालय हुम्लाको सिफारिसमा प्रदेश अस्पताल सुर्खेत पठाइएको हो ।

    स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख उमाकान्त तिवारीले रक्तचाप बढेर १७०\१२० पुगेको थियो । उपचारका क्रममा उनी बेहोस भएको र पाँचपटकसम्म झड्का आएको उनले बताए ।

    डा तिवारीका अनुसार लामाको गर्भमा रहेको बच्चा ३१ हप्ताको मात्रै रहेको छ । भिडियो एक्सरे जाँच गर्दा बच्चाको तौल करिब १२ सय ग्राम मात्रै देखिएको र बच्चाको तौल कम भएकाले थप उपचारको आवश्यक रहेको बताए । 

     

    प्रकाशित मिति :आषाढ ८ २०८३ सोमवार - ११:०९:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij