Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

महाधिवेशनको तयारी भइरहँदा चितवनमा वर्षा, टेन्टका कारण कार्यक्रम नरोकिने

महाधिवेशनको तयारी भइरहँदा चितवनमा वर्षा, टेन्टका कारण कार्यक्रम नरोकिने


  • 1.1K
    Shares

    महाधिवेशनको तयारी भइरहँदा चितवनमा वर्षा, टेन्टका कारण कार्यक्रम नरोकिने
    images

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम ऐतिहासिक महाधिवेशनको उद्घाटन सत्र सुरु हुन लाग्दा चितवनमा वर्षा भएको छ। आइतबार दिउँसो सवा ३ बजेदेखि पानी पर्न सुरु भएको हो।

    उद्घाटन सत्रको अन्तिम तयारी भइरहँदा एक्कासि वर्षा भए पनि महाधिवेशनको मूल कार्यतालिकामा खासै असर नपर्ने रास्वपाले जनाएको छ। टेन्टको बलियो व्यवस्थापानी परेपछि केही समय खुला चौरमा रहेका प्रतिनिधि र सर्वसाधारणमा भागदौड मच्चिए पनि मुख्य कार्यक्रम स्थलमा ठुलो टेन्टको व्यवस्था रहेकाले कार्यक्रम नरोकिने आयोजकले स्पष्ट पारेका छन्।

    रास्वपा चितवनका नेताहरूका अनुसार वर्षाले गर्मी कम गराएकाले कार्यक्रम झन् सहज रूपमा अघि बढ्नेछ।देशभरबाट आएका करिब ४ हजारभन्दा बढी प्रतिनिधि र शुभचिन्तकहरू यतिबेला टेन्टभित्र सुरक्षित रूपमा उद्घाटन सत्रको प्रतीक्षा गरिरहेका छन्।

    प्रकाशित मिति :आषाढ ७ २०८३ आइतवार - १५:३२:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij