Logo

२०८३ श्रावण १० गते आइतवार

२०८३ श्रावण १० गते आइतवार

रास्वपाको पहिलो महाधिवेशन: उद्घाटन सत्र सुरु

रास्वपाको पहिलो महाधिवेशन: उद्घाटन सत्र सुरु


  • 1.4K
    Shares

    • images
    रास्वपाको पहिलो महाधिवेशन: उद्घाटन सत्र सुरु
    images

    काठमाडौं । चितवनको भरतपुरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशन सुरु भएको छ । महाधिवेशनको उद्घाटन सत्र महामन्त्री कबिन्द्र बुर्लाकोटीले सञ्चालन गरेका छन् ।

    उद्घाटन सत्रमा सहभागी हुन पार्टी सभापति रवि लामिछाने, प्रधानमन्त्री समेत रहेका वरिष्ठ नेता बालेन शाह, विभिन्न दलका प्रतिनिधि, महाधिवेशन प्रतिनिधि लगायत शुभचिन्तक र पार्टी कार्यकर्ताहरू बाक्लो संख्यामा उपस्थित भएका छन् ।

    रास्वपा महाधिवेशन तीन दिनसम्म चल्नेछ । यो महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । रास्वपाले नयाँ नेतृत्व चयन गर्नुअघि विधान संशोधन गरिसकेको छ ।

    तीन दिनसम्म चल्ने महाधिवेशनले संशोधित विधान अनुसार १९ पदाधिकारीसहित १५८ सदस्यीय नयाँ केन्द्रीय कार्यसमिति चयन गर्नेछ ।

    images
    प्रकाशित मिति :आषाढ ७ २०८३ आइतवार - १५:०८:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij