Logo

२०८३ कार्तिक १७ गते मंगलवार

२०८३ कार्तिक १७ गते मंगलवार

सोलुखुम्बु हेलिकोप्टर दुर्घटनामा मृत्यु हुने भारतीय नागरिकको पहिचान खुल्यो

सोलुखुम्बु हेलिकोप्टर दुर्घटनामा मृत्यु हुने भारतीय नागरिकको पहिचान खुल्यो


  • 344
    Shares

    सोलुखुम्बु हेलिकोप्टर दुर्घटनामा मृत्यु हुने भारतीय नागरिकको पहिचान खुल्यो
    images

    काठमाडौं । सोलुखुम्बुको फेरिचे हेलिप्याडमा दुई हेलिकोप्टर ठोक्किएर भएको दुर्घटनामा मृत्यु हुने व्यक्तिको पहिचान खुलेको छ।

    जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक मौसम तामाङका अनुसार मृत्यु हुनेमा भारतको तमिलनाडु राज्यको चेन्नई निवासी ४७ वर्षीय वसन्तकुमार बालारामाडु रहेका छन्।

    दुर्घटनामा भारतीय मूलका न्युजिल्यान्डका नागरिक ४९ वर्षीय सेलियसकुमार पटेल घाइते भएका छन्। उनलाई उपचारका लागि ललितपुरस्थित नेपाल मेडिसिटी अस्पताल ल्याइएको छ।

    मंगलबार बिहान फिस्टेल र डायनेस्टी एयरका हेलिकोप्टर फेरिचे हेलिप्याडमा अवतरण गर्ने क्रममा ठोक्किएका थिए। नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार अवतरणका क्रममा दुवै हेलिकोप्टरका पंखा एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो।

    प्रकाशित मिति :कार्तिक १७ २०८३ मंगलवार - ११:०३:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij