Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

रास्वपा महाधिवेशन स्थलमा डीडीसीको स्टल, २० प्रकारका उत्पादनमा विशेष छुट

रास्वपा महाधिवेशन स्थलमा डीडीसीको स्टल, २० प्रकारका उत्पादनमा विशेष छुट


  • 1.0K
    Shares

    रास्वपा महाधिवेशन स्थलमा डीडीसीको स्टल, २० प्रकारका उत्पादनमा विशेष छुट
    images

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन स्थलमा सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) का उत्पादनहरू बिक्रीका लागि राखिएको छ। 

    महाधिवेशनमा सहभागी प्रतिनिधि, आगन्तुक तथा सर्वसाधारणलाई लक्षित गर्दै संस्थानले विशेष बिक्री कक्ष सञ्चालनमा ल्याएको हो। बिक्री कक्षमा डीडीसीका करिब २० प्रकारका दुग्धजन्य उत्पादनहरू उपलब्ध रहेका छन्। ती उत्पादनहरू खरिद गर्दा ग्राहकलाई ५ देखि १० प्रतिशतसम्म विशेष छुटको व्यवस्था गरिएको डीडीसीका बिजनेस डेभलपमेन्ट अफिसर चिरन्जीवी बस्नेतले जानकारी दिएका छन्।

    प्रधानमन्त्री बालेनको पोष्टपछि चर्चामा डीडीसीयसअघि रास्वपाका वरिष्ठ नेता तथा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले डीडीसीको चिजसहितका उत्पादनहरूको तस्बिर सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गरेपछि त्यो निकै भाइरल भएको थियो। त्यसको केही दिनमै मन्त्रिपरिषद् बैठकमा समेत मन्त्रीहरूको अगाडि डीडीसीका उत्पादनका प्याकेटहरू राखिएको तस्बिर सार्वजनिक भएको थियो। 

    सोही लोकप्रियताका बीच डीडीसीले रास्वपाको महाधिवेशनलाई आफ्नो बजार प्रवर्द्धनको अवसर बनाएको हो।  

    प्रकाशित मिति :आषाढ ७ २०८३ आइतवार - १३:०४:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij