२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । आज साताको अन्तिम कारोबारको दिन शुक्रवार शेयर बजार सामान्य बढेर बन्द भएको छ । आज नेप्से परिसूचक १।६३ अंकले बढेर २,७०२ को विन्दुमा कायम भएको छ ।
आज ११६ कम्पनीको शेयर मूल्य बढेको छ भने १४० कम्पनीको शेयर मूल्य घटेको छ । आज दिनभरिमा ३५३ कम्पनीको १ करोड ९ लाख २२ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ५३ करोड माथिको शेयर कारोबार भएको छ ।
बैंकिङ जम्मा ०.०८ अंक रातो रह्यो । त्यस्तै विकास बैंक ०.१३, होटल तथा पर्यटन ०.३१, निर्जीवन बीमा ०.३३, अन्य ०.२९ प्रतिशत घटेको छ । फाइनान्स ०.६६, जलविद्युत् ०.०९, लगानी ०.११, जीवन बीमा ०.३३, उत्पादन तथा प्रशोधन ०.२४, माइक्रोफाइनान्स ०.०२ तथा व्यापार ०.७५ प्रतिशत बढेको ।
दुई नयाँ कम्पनीको मूल्य १५ प्रतिशत बढेको छ । सोपान फर्मास्युटिकल्स र एपोलो हाइड्रोपावरको मूल्य १५ प्रतिशत बढेको हो । यो वृद्धिपछि सोपानको मूल्य प्रतिकित्ता १०६० रुपैयाँ तथा एपोलोको ९१६ रुपैयाँ पुगेको छ ।
त्यस्तै सपोर्ट माइक्रोफाइनान्सको मूल्य ९.०८, रिलायन्स फाइनान्सको मूल्य ६.७२, गुराँस लघुवित्तको ४.५५ प्रतिशत मूल्य बढेको । बुंगल हाइड्रोपावरको १२.४५ प्रतिशत घटेको छ। त्यस्तै आत्मनिर्भर लघुवित्तको १०.२१ तथा सालपा विकास बैंकको ३.२८ प्रतिशत मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै ग्लोबल आइएमई डिबेञ्चर २०८६ र८७ को ३३ करोड ११ लाख रुपैयाँको शेयर कारोबार भएको छ । ग्लोबल आइएमई डिबेञ्चर २०८४र ८५ को ३२ करोड ७६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सोपान फर्मास्युटिकल्सको २० करोड १३ लाख रुपैयााको शेयर कारोबार भएको छ ।

© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij