२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले आफू अन्तर्गतका मन्त्रालय र कार्यालयमाथिको विनियोजन विधेयकमा जवाफको जिम्मा अर्थमन्त्री स्वर्णिम वाग्लेलाई दिएका छन् ।
बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, राष्ट्रपति कार्यालय, उपराष्ट्रपति कार्यालय, राष्ट्रिय योजना आयोग र रक्षा मन्त्रालयको विनियोजनमाथि जवाफ दिने कार्यक्रम थियो। उक्त जवाफ दिन प्रधानमन्त्री शाह उपस्थित हुनुपर्ने थियो ।
तर, प्रधानमन्त्री शाह उपस्थित भएनन् । सभामुख डोलप्रसाद अर्यालले उनको सट्टामा वाग्लेलाई जवाफ दिने तयारी रहेको जानकारी गराएका छन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij