Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

गृहमन्त्री भन्छन्: ‘मन्त्रीको निरीक्षणमा नभई नागरिकको सुरक्षामा हेलिकप्टर प्रयोग गर्छौं’

गृहमन्त्री भन्छन्: ‘मन्त्रीको निरीक्षणमा नभई नागरिकको सुरक्षामा हेलिकप्टर प्रयोग गर्छौं’


  • 1.1K
    Shares

    गृहमन्त्री भन्छन्: ‘मन्त्रीको निरीक्षणमा नभई नागरिकको सुरक्षामा हेलिकप्टर प्रयोग गर्छौं’
    images

    काठमाडौं । गृहमन्त्री सुधन गुरुङले मनसुनजन्य विपद् व्यवस्थापनलाई सरकारले उच्च प्राथमिकतामा राखेर तयारी गरिरहेको बताएका छन् । राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले आयोजना गरेको मनसुन पूर्वतयारी तथा प्रतिकार्यसम्बन्धी बैठकमा सहभागीपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। 

    उनले बाढी, पहिरो लगायतका प्राकृतिक विपद्का घटनामा नागरिकको सुरक्षा सुनिश्चित गर्न हेलिकप्टरदेखि सुरक्षा निकायका सबै स्रोत–साधन परिचालन गर्ने जानकारी दिएका छन् । विपद् व्यवस्थापनका लागि सुरक्षा निकायहरू परिचालन गरिसकिएको उनको भनाई छ । उनले औपचारिक निरीक्षणभन्दा पनि नागरिकको प्रत्यक्ष सुरक्षा र उद्धार कार्यलाई केन्द्रमा राखेर काम गर्ने बताएका छन्। उनले सम्भावित संकटको अवस्थामा छिटो काम गर्नेगरि संयन्त्र निर्माण गरिएको पनि जानकारी दिएका छन् ।

    मनसुनका बेला पूर्व–पश्चिम राजमार्ग लगायत निर्माणाधीन सडक खण्डहरूमा बाढी र पहिरोका कारण यातायात अवरुद्ध हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै गृह मन्त्रालयले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँग समन्वय गरिरहेको उनले जानकारी दिएका छन् । उनकाअनुसार सडक अवरोध हटाउन आवश्यक डोजर तथा उपकरण कहाँ–कहाँ उपलब्ध छन् भन्ने जानकारी दिने विशेष डिजिटल प्रणाली (एप) विकास गरिएको छ । 

    उनले भने, ‘विपद् व्यवस्थापनमा हाम्रो पुर्वतयारी राम्रै छ, त्यही अनुसारमा सुरक्षा निकायहरु पनि खटाइएको छ । त्यही अनुसारमा डिफरेन्ट को–लिड, लिडहरुलाई पनि हामीले निर्देशन दिएका छौं । यसपालि मन्त्रीको निरीक्षण भन्दापनि जनताको सुरक्षाको लागि हेलिकप्टर देखि लिएर सबै कुराहरु खटाउने हाम्रो योजनामा राखिराखेका छौं । जेन–जी आन्दोलनको टाइममा पनि मैले रेस्पोन्ड गर्दाखेरि धेरैजनाले चाहिँ मेरो त्यतिखेर हैसियत छैन, भनेर प्रश्न गरेका थिए । किन त्यो विपदको ठाउँमा गएर बसेर कुरा गरेको भन्ने प्रश्नहरुपनि आए । तर त्यतिखेर पनि रेस्पोन्ड एकदम राम्रोसित भएको थियो । हामीले नागरिकको ज्यान बचाउन जोसुकैले सहयोग गर्न सक्छौ । 

    प्रकाशित मिति :आषाढ ४ २०८३ बिहिवार - १३:५८:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij