Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

सांसद हर्क साम्पाङको लाइसेन्स स्वतः रद्द, विना लाइसेन्स सवारी कुदाएको खुलासा

सांसद हर्क साम्पाङको लाइसेन्स स्वतः रद्द, विना लाइसेन्स सवारी कुदाएको खुलासा


  • 1.8K
    Shares

    सांसद हर्क साम्पाङको लाइसेन्स स्वतः रद्द, विना लाइसेन्स सवारी कुदाएको खुलासा
    images

    काठमाडौं । प्रतिनिधिसभा सदस्य हर्क साम्पाङको सवारी चालक अनुमति पत्र (लाइसेन्स) स्वतः रद्द भएको खुलासा भएको छ। यातायात व्यवस्था कार्यालय इटहरीको अभिलेख चेकजाँच गर्दा सम्पाङले २०७१ पुस ६ भन्दा पछि आफ्नो लाइसेन्स नवीकरण नगरेको भेटिएको हो । 

    त्यसबेला उनले आफ्नो श्रेणी (ए) लाइसेन्स जरिवाना सहित नवीकरण गरेका थिए । त्यसपछि नवीकरण गर्नुपर्ने अवधिभित्र उनले लाइसेन्स नवीकरण नगरेको भेटिएको प्रहरी प्रधान कार्यालयका एकजना उच्च अधिकृतले बताएका छन् । 

    सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा ५७ अनुसार चालक अनुमति पत्र स्वतः रद्द हुने व्यवस्था छ । सो ऐन अनुसार उनको चालक अनुमति पत्रको वैधता समाप्त भएको भेटिएको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन महाशाखाका एकजना अधिकृतले बताएका छन् । 

    जेठ २९ मा उदयपुरको उदयपुर गढी गाउँपालिका-६ स्थित मदन भण्डारी लोकमार्गमा बागमती प्रदेश ०२–६० प ०२५९ नम्बरको मोटरसाइकल लापरबाही पूर्वक ढङ्गले चलाएको घटनामा ट्राफिक प्रहरीले उनलाई कारबाही गरेको थियो । ट्राफिक प्रहरीको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीले उनको नाममा चिट जारी गरेको हो ।

    साम्पाङले एउटा हातले मोटरसाइकलको हेण्डिल समातेर अर्को हातले भिडियो खिचेको दृश्य सामाजिक सञ्जाल मार्फत सार्वजनिक भएपछि सञ्जाल प्रयोगकर्ताले उनलाई कारबाही गर्न माग गरेका थिए ।

    सम्पाङले सन् २००६ मा इटहरीबाट नयाँ लाइसेन्स लिएको र २०१४ पछि नवीकरण नगरेको भेटिएको छ । २०१६ ९२०७३ पुस १२० मा म्याद समाप्त भएको लाइसेन्स उनले अहिलेसम्म नवीकरण गरेका छैनन् ।

    प्रकाशित मिति :आषाढ ४ २०८३ बिहिवार - १२:४४:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij