Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

ई-पासपोर्ट खरिद प्रकरण: अख्तियारले जर्मन कम्पनीका प्रतिनिधिलाई बयानका लागि बोलायो

ई-पासपोर्ट खरिद प्रकरण: अख्तियारले जर्मन कम्पनीका प्रतिनिधिलाई बयानका लागि बोलायो


  • 1.8K
    Shares

    ई-पासपोर्ट खरिद प्रकरण: अख्तियारले जर्मन कम्पनीका प्रतिनिधिलाई  बयानका लागि बोलायो
    images

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ई-पासपोर्ट (विद्युतीय राहदानी) खरिद प्रक्रियामा भएको भनिएको अर्बौँ रुपैयाँको अनियमितता अनुसन्धानका लागि दुई वटा जर्मन कम्पनी र तिनका आधिकारिक प्रतिनिधिहरूलाई बयानका लागि बोलाएको छ।

    सुरक्षित राहदानी छपाइ र प्रणाली स्थापना गर्ने सिलसिलामा भएको ठेक्का सम्झौतामा भ्रष्टाचार भएको आशङ्कामा अख्तियारले अनुसन्धान तीव्र पारेको हो। यसै प्रकरणमा राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल र निर्देशक सुनीलकुमार केसी सोमबार साँझ पक्राउ परिसकेका छन्।

    अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४३ बमोजिम सार्वजनिक सूचना जारी गर्दै जर्मन कम्पनीका प्रतिनिधि वा हस्ताक्षरकर्ताहरूलाई टंगालस्थित आयोगको कार्यालयमा आफैँ उपस्थित हुन वा भर्चुअल माध्यमबाट सहभागी हुन निर्देशन दिएको छ।

    यसअघि इमेलमार्फत जानकारी गराउँदा पनि उपस्थित नभएपछि आयोगले यसलाई अन्तिम चेतावनीको रूपमा सूचना प्रकाशित गरेको जनाएको छ। तोकिएको समयमा उपस्थित नभए प्रचलित नेपालको कानुन बमोजिम थप कानुनी कारबाही अगाडि बढाइने ब्यहोरा सूचनामा उल्लेख छ।

    722383784_1553321936372286_9131009333033833543_n_Iz5snaxJrx.jpg

    प्रकाशित मिति :आषाढ ४ २०८३ बिहिवार - १२:२२:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij