Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

रुपन्देहीमा बेवारिसे अवस्थामा भेटिए दुई वटा भारतीय कार

रुपन्देहीमा बेवारिसे अवस्थामा भेटिए दुई वटा भारतीय कार


  • 1.1K
    Shares

    रुपन्देहीमा बेवारिसे अवस्थामा भेटिए दुई वटा भारतीय कार
    images

    काठमाडौं । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका-०६ स्थित सहिदपथबाट प्रहरीले बेवारिसे अवस्थामा रहेका दुई वटा भारतीय नम्बर प्लेटका कार बरामद गरेको छ। 

    विशेष सूचनाका आधारमा खटिएको संयुक्त प्रहरी टोलीले शङ्कास्पद अवस्थामा सडकमा राखिएका ती कारहरू फेला पारेर नियन्त्रणमा लिएको हो।

    सवारी साधन बरामद गर्ने कार्यमा जिल्ला प्रहरी कार्यालय रुपन्देही र इलाका प्रहरी कार्यालय बेलहियाबाट खटिएको संयुक्त प्रहरी टोली परिचालन भएको थियो। 

    नियन्त्रणमा लिइएका सवारी साधनहरूमा यूपी ५३ बिडी ००२९ नम्बरको होन्डा कम्पनीको कार र यूपी ५३ डिएफ ६९८० नम्बरको महिन्द्रा कम्पनीको कार रहेका छन्। नेपाल भित्र्याइएका ती दुवै सवारीसाधनहरूको अनुमानित बजार मूल्य झन्डै २७ लाख रुपैयाँ रहेको प्रहरीले जनाएको छ।

    यसरी बिनाकुनै कागजात र चालकविहीन अवस्थामा शङ्कास्पद रूपमा फेला परेका दुवै कारलाई प्रहरीले आवश्यक कानुनी कारबाहीका लागि भैरहवा भन्सार कार्यालय, बेलहिया रुपन्देहीमा बुझाएको छ।
     

    प्रकाशित मिति :आषाढ ४ २०८३ बिहिवार - १०:३२:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij