Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

व्यवसायीहरूको आन्दोलनपछि अनिवार्य सीप परीक्षण कार्यक्रम स्थगित

व्यवसायीहरूको आन्दोलनपछि अनिवार्य सीप परीक्षण कार्यक्रम स्थगित


  • 1.2K
    Shares

    व्यवसायीहरूको आन्दोलनपछि अनिवार्य सीप परीक्षण कार्यक्रम स्थगित
    images

    काठमाडौं । साउदी अरबले बुधवारदेखि लागू गर्ने भनेको अनिवार्य सीप परीक्षण कार्यक्रम वैदेशिक रोजगार व्यवसायीहरूको चर्को विरोध र आन्दोलनका कारण तत्कालका लागि स्थगित भएको छ।

    बसुन्धरास्थित सीप परीक्षण कार्यक्रम सञ्चालनको जिम्मेवारी पाएको ‘इन्डस्ट्रियल ट्रेनिङ इन्स्टिच्युट नेपाल प्रा.लि.’ ले सूचना टाँस गरी कार्यक्रम स्थगित भएको जानकारी दिएको हो।काठमाडौँस्थित साउदी दूतावासले बुधवार नै सूचना जारी गर्दै सीप परीक्षण उत्तीर्ण भएको प्रमाणपत्र पेस नगरे श्रम भिसा जारी नहुने जनाएको थियो। 

    तर, सीप परीक्षणका नाममा एकाधिकार (सिन्डिकेट) खडा गरी श्रमिकहरूबाट थप १५ हजार रुपैयाँ (परीक्षा शुल्क ५०) डलर र पूर्व सिकाइ मान्यता बापत ५० डलर असुल्न खोजिएको भन्दै व्यवसायीहरूले बिहानैदेखि उक्त इन्स्टिच्युट घेराउ गरी आन्दोलन गरेका थिए।

    व्यवसायीहरूको विरोध र दबाबपछि तालिम प्रदायक संस्थाले कार्यक्रम स्थगित गरे तापनि यसबारे साउदी दूतावासले भने अहिलेसम्म कुनै आधिकारिक वा औपचारिक सूचना जारी गरिसकेको छैन। श्रमिकमाथि अतिरिक्त आर्थिक भार थपिने भन्दै व्यवसायीहरूले यस प्रक्रियाको विरोध गरिरहेका छन्।

     

    प्रकाशित मिति :आषाढ ३ २०८३ बुधवार - १७:११:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij